SAJILO DESK / सजिलो डेस्क

दैनिक काममा सबैको साथी।

साना काममै धेरै समय नबितोस् भन्ने सोचले सजिलो डेस्क बनाइएको हो। दैनिक जीवनमा चाहिने केही उपयोगी उपकरण यहाँ एकै ठाउँमा पाइन्छन्।

तपाईंलाई चाहिने कामका लागि

आवेदनका लागि उमेर निकाल्ने विद्यार्थी होस्, बच्चाको नेपाली जन्ममिति अंग्रेजीमा बदल्ने अभिभावक होस् वा ग्राहकको फोटो मिलाउने प्रिन्ट पसल। विदेशमा बसेर नेपाली र अंग्रेजी दुवै मिति चाहिनेहरूलाई पनि काम लागोस् भनेर यी उपकरण बनाएका हौँ।

सरल प्रतिबद्धता

  • मुख्य उपकरण निःशुल्क छन् र खाता चाहिँदैन।
  • फोटो मिलाउने, पाठ बदल्ने र गणना गर्ने काम तपाईंको ब्राउजरमै हुन्छ।
  • नेपाली र अंग्रेजी पृष्ठले एउटै गणना विधि प्रयोग गर्छन्।
  • हरेक उपकरणमा प्रयोग गरिएको स्रोत र त्यसले गर्न सक्ने कामको सीमा खुलाइएको छ।

स्वतन्त्र प्रयास, सुधार जारी छ

सजिलो डेस्क दीपक घिमिरेले सञ्चालन गरेको स्वतन्त्र वेबसाइट हो। यो सरकारी सेवा होइन। यहाँबाट आवेदन बुझाइँदैन, कागजात प्रमाणित गरिँदैन र आवेदनको योग्यता निर्धारण गरिँदैन।

अहिले पाँच उपकरण उपलब्ध छन्। तपाईंहरूको आवश्यकता हेरेर, नतिजाको शुद्धता जाँचेर र नियमित हेरचाह गर्न सकिने गरी थप उपकरण ल्याउने योजना छ। नेपाली भाषा र प्रीति रूपान्तरणको स्वतन्त्र समीक्षा पनि प्रकाशनअघिका जाँचमा समावेश छ।

तपाईंको काम अझ सजिलो बनाउन के थप्न सकिन्छ? सुझाव दिनुहोस्।